विश्वकप छनोट: पोर्चुगलको विजयी सुरुवात,आत्मघाती गोल नै निर्णायक

विश्वकप फुटबल छनोट अन्तर्गत पोर्चुगलले उपहार गोलबाट विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा समूह ए मा रहेको पोर्चुगलले गएराति अजरबैजानलाई १–० ले पराजित गरेको हो ।

पोर्चुगलको जितमा ३७ औँ मिनेटमा अजरबैजानका माक्सिम मेडभेडेभले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । क्रिष्टियानो रोनाल्डोले गरेको ओभरहेड किक गोल बारभन्दा माथिबाट गयो । यस्तै फ्रि किक प्रहार पोस्ट भन्दा निकै बाहिर गयो भने अर्को शक्तिशाली प्रहार अजरबैजानका गोलरक्षकले रोके । रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा १०२ गोल गरेका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE