विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना सङ्क्रमण

विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जमैकाको स्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । आफ्नो ३४ औँ जन्मदिनको अवसरमा भव्य पार्टीको आयोजनापछि ओलम्पिकमा आठ पटक स्वर्ण पदक जितेका बोल्टमा सङ्क्रमण देखिएको हो ।
सामाजिक सञ्जाल ट्विटरमा भिडियो म्यासेज दिँदै बोल्टले गएको शनिबार आफूमा सङ्क्रमण पुष्टि भएको र अहिले जमैकामा रहेको घरमा आइसोलेशनमा बसेको बताएका छन् ।
साथै उनले आफ्नो सम्पर्कमा आएकालाई क्वरेण्टीनमा बस्न र धेरै नआत्तिन आग्रह गरेका छन् ।
Stay Safe my ppl 🙏🏿 pic.twitter.com/ebwJFF5Ka9
— Usain St. Leo Bolt (@usainbolt) August 24, 2020
WRITE COMMENTS FOR THIS ARTICLE