विश्‍वकप छनौट: पाराग्‍वेसँग बराबरीमा रोकियो अर्जेन्टना…

सन् २०२२ मा कतारमा हुने विश्‍वकप फुटबलको दक्षिण अमेरिकी छनौट खेलअन्तर्गत शुक्रबार विहान सम्पन्‍न खेलमा अर्जेन्टना र पाराग्‍वेले बराबरी खेलेका छन् । अर्जेन्टिनाको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । दुवै गोल पहिलो हाफमा भएका थिए ।

खेलमा सुरुवाती अग्रता पाराग्‍वेले लिएको थियो । २१औं मिनेटमा एन्जेल रोमेरोले पेनाल्टीमार्फत गोल गर्दै पाराग्‍वेलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा अर्जेन्टिनाका निकोलस गोन्जालेजले बराबरी गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल १-१ कै बराबरीमा सकियो । बराबरीपछि ३ खेलबाट ७ अंक जोडेको अर्जेन्टिना अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ भने समान खेलबाट ५ अंक जोडेको पाराग्‍वे चौथो स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE