शल्यक्रिया गराउँदै बलिउड अभिनेता अमिताभ बच्चन…

बलिउड अभिनेता अमिताभ बच्चन सोसल मिडियामा असाध्यै सक्रिय रहन्छन् । कहिले ट्वीटरमा त कहिले ब्लगमार्फत् उनी लगातार आफ्नो प्रशंसकसँग लगातार कुराकानी पनि गरिरहन्छन् र थुप्रै पटक आफ्नो जीवनका किस्साबारे पनि जानकारी दिन्छन् । तर यसपटक अभिनेताका नयाँ ब्लगले सबैमा कौतुहल जताएको छ । ब्लगमा अमिताभ बच्चनले स्वास्थ्य स्थितीका कारण उनको शल्यक्रिया हुन लागेको बताएका छन् ।

बच्चनले लेखेका छन्, “स्वास्थ्य अवस्था… शल्यक्रिया… केही लेख्न सक्दिनँ ।”

यी केही अपूर्ण शब्दहरु लेखेर उनले स्वास्थ्य अवस्था केही कमजोर भएको र शल्यक्रिया गराउन लागेको जानकारी दिएका हुन् । उनको यो पोस्ट सार्वजनिक भएसँगै थुप्रै प्रशंसकले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । यद्यपि, उनले शल्यक्रिया सफलतापूर्वक सकिएको हो वा होइन भन्नेबारे भने केही जानकरी दिएका छैनन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE