शहीद स्मारक ए डिभिजन लिग : बराबरीमा फ्रेण्ड्स र हिमालयन शेर्पा

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । बराबरी खेलसँगै दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । जारी लिगमा पाँच खेल पूरा गरेको हिमालयन शेर्पाले ३ अङ्क जोडेको छ । यसअघि खेलेको चार खेलमा हिमालयन शेर्पाले दुई खेलमा बराबरी तथा दुई खेलमा पराजय भोगेको थियो । शेर्पाले नेपाल पुलिस क्लबसँग गोलरहित बरबरी र अर्काे विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)सँग १–१ गोलको बराबरी खेलेको थियो ।
त्यस्तै हिमालयन शेर्पा त्रिभुवन आर्मी क्लबसँग २–० ले तथा ब्रिगेड ब्वाईज क्लब (बीबीसी)सँग १–० ले पराजित भएको थियो । समान खेल खेलेको फ्रेण्ड्स क्लबले दुई अङ्क जोडेको छ । यसअघि फ्रेण्ड्सले एक खेलमा बराबरी तथा तीन खेलमा हार बेहोरेको थियो । लिगको सुरुआती खेलमा फ्रेण्ड्स क्लब आर्मीसँग २–१ ले पराजित भएको थियो भने ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग २–० ले तथा मछिन्द्रसँग ३–० ले पराजित भएको थियो । त्यस्तै फ्रेण्ड्सले मनाङ मस्र्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । जारी लिगमा बुधबार दुई खेल हुनेछ । जसमा पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी ) र थ्रिस्टार क्लब आमने सामने हुनेछन् भने दोस्रो खेलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीचको खेलमा बललाई नियन्त्रण प्रयास गर्दै हिमालयन शेर्पा क्लबका खेलाडी ।

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीचको खेलमा बललाई नियन्त्रण प्रयास गर्दै हिमालयन शेर्पा क्लबका खेलाडी ।
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीचको खेलमा बललाई अगाडि बढाउंदै हिमालयन शेर्पा क्लबका खेलाडी ।
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीचको खेलमा बललाई अगाडि बढाउंदै हिमालयन शेर्पा क्लबका खेलाडी ।

WRITE COMMENTS FOR THIS ARTICLE