शुरु गरे सरकारी विद्यालयले अनलाईन कक्षा

कोभिड १९ को कारणले २०७६ चैत्र ११ गतेदेखि वन्द रहेको काठमाडौ, बाफल स्थित सामुदायिक विद्यालय ज्ञानोदय मा.वि. ले जेष्ठ २२ गतेबाट आफ्ना विद्यार्थीहरुलाई अनलाइन कक्षा शुरु गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले निर्देशिका जारी गरी आषाढ १ गतेदेखि अनलाईन कक्षा शुरु गर्नु भनेता पनि यो विद्यालयले अगावै शुरु गरेको हो ।

अनलाईन कक्षा सञ्चालन गर्नका लागि शिक्षक श्री बिष्णुप्रसाद ज्ञवालीको संयोजकत्वमा सात सदस्यीय उपसमिति निर्माण गरेको प्रधानाध्यापक श्री नातिकाजी महर्जनले वताए । उनका अनुसार जेष्ठ २२ गतेवाट कक्षा १० का सवै विषयहरुको पठनपाठन शुरु गरेको र अरु कक्षाहरु क्रमश आगामी हप्तावाट शुरु हुने जानकारी गराए ।

अनलाईन कक्षामा हप्ताको दुई दिन सवै विषयमा अनिवार्य कन्फरेन्स सहित गुगल क्लाशरुममा शैक्षिक सामग्री प्रदान गरिएको  प्रधानाध्यापक महर्जनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE