शुरू भयो अक्षयको ‘बेल बटम’ को सुटिङ

कोरोना भाइरस संक्रमितको बढ्दो दरबीच बलिउडका थुप्रै प्रोजेक्ट प्रभावित भएका बेला अक्षय कुमारले फिल्म ‘बेल बटम’ को सुटिङ शुरू गरेका छन् ।

चलचित्रको सेटमा कोरोनाको भय भने देखिएको छ । उनले सामाजिक सञ्जालमा बिहीबार साँझ छोटो भिडियो सेयर गर्दै छायांकन थालेको खबर सार्वजनिक गरेका हुन्
क्ल्याप बोर्ड बोकेका उनी मास्क लगाएको अवस्थामा छन् । सन्त्रासको परिस्थितिमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै उनले कसरी काम भइरहेको छ भन्ने जानकारी साझा गरेका छन् । चलचित्रको सेटमा कोरोना भाइरसको संक्रमणबाट जोगिन पालना गर्नुपर्ने नियममा सावधानी अपनाइएको उनले बताएका छन् ।

बेलबटममा अक्षय कुमारसँगै वाणी कपूर, हुमा कुरैसी र लारा दत्ता खास पात्रका रूपमा रहने छन् । आगामी वर्षका लागि प्रदर्शनको मिति तय गरिसकेको यो चलचित्रको छायांकन भारत बाहिर पनि गरिएको छ । कोरोनाको सन्त्रास सुरु भएयता भने बाँकी काम रोकिएको थियो ।

निर्देशक रञ्जीत एम तिवारी रहेको यो चलचित्रको कथा १९८० को दशकको जासुसमाथि छ । अक्षय कुमार जासुसको भूमिकामा देखिने छन् । कान्तिपुर दैनिकमा खबर छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE