शून्य सडक सन्त्रासमा मन : लकडाउन प्रभाव पाचौं दिन (फोटो फिचर)

कोरोना भाइरसको सङ्णक्रमण फैलन नदिन सरकारले देशभर घोषणा गरेको लकडाउनको पाचौं दिन काठमाडौं उपत्यका लगायत देशभरको गतिवधि शून्य प्राय देखिएको छ । सडक सुनसान छन् । मानिस र सवारी धानहरुको चहलपहल नगण्य मात्रै छ । अति आवश्यक काम बाहेक घरबाहिर ननिस्कन सरकारले निर्देशन दिएको छ । सडक चोकहरुमा सरक्षाकर्मी परीचालन गरीएको छ । यसैबीच अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको छ ।

सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि हिजोदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको थियो । विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारी साधन भने सडकमा निर्वाध गुडेका छन् । प्रहरीले घरमै बस्न माइकिङ गरीरहेको छ । – तस्विरहरु: राजेश पौडेल

WRITE COMMENTS FOR THIS ARTICLE