संसारभरका साढे २३ करोड प्रयोगकर्ताको डाटा लिक

संसारभरका साढे २३ करोड इन्स्टाग्राम, युट्युब तथा टिकटक प्रयोगकर्ताको डाटा लिक भएको छ। इन्टरनेट डाटा लिकसम्बन्धी जानकारी दिने कम्पनी कम्पेरिटकका अनुसार यति ठूलो संख्यामा प्रयोगकर्ताहरुको डाटा लिक भएको हो।

तर डाटा लिक भएकोबारे यी कुनै पनि कम्पनीले केही प्रतिक्रिया दिएका छैनन्। एजेन्सीहरुका अनुसार १० करोड इन्स्टाग्राम प्रयोगकर्ताको डाटा लिक भएको छ। जसमा प्रयोगकर्ताको पुरै जानकारी चोरी भएको छ।

यस्तै ४ करोड २० लाख टिकटक प्रयोगकर्ताको डाटा लिक भएको छ। जबकी ४० लाख युट्युब प्रयोगकर्ताको डाटासमेत लिक भएको छ वा खतरामा रहेको छ। लिक भएको डाटामा प्रयोगकर्ताको प्रोफाइल नाम, पुरा नाम, प्रोफाइल तस्बिर, अकाउन्ट डिस्क्रिप्सन, अकाउन्ट इंगेजमेन्ट, फ्लोअर्सको संख्या, फ्लोअर्स ग्रोथ रेट, उनीहरुका साथी वा फ्लोअर्सको उमेर समूह, स्थान, तथा उनीहरुलाई प्राप्त प्रतिक्रियासमावेश छ।

यसरी लिक भएको डाटाबाट सबै प्रयोगकर्तालाई कुनै असर नहुने भए पनि कुनै पनि ह्याकरले चाहेको बेला यस्ता प्रोफाइलहरु ह्याक गर्न सजिलो हुनेछ। साथै ब्ल्याकमेलिङ गर्नेहरुलाई पनि यसले सजिलो बनाउन सक्छ, वा तपाईँको विस्तृत विवरणलाई गलतरुपले प्रयोग गर्न सक्छ।

यति ठूलो संख्या सामाजिक सञ्जाल प्रयोगकर्ताको विवरण एकैपटक कसरी लिक भयो भन्नेबारे भने कुनै विवरण सार्वजनिक गरिएको छैन। यी सेवा प्रदायक कम्पनीहरुले सुरक्षाका आवश्यक विधिहरु नअपनाउँदा प्रयोगकर्ताको डाटा लिक भएको ठानिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE