संसारभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नजिक

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ ।

एकैदिन २ लाख ६७ हजार ११० जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५७ हजार ४ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार १८३ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९७ हजार ९ पुगेको छ । संक्रमितमध्ये १ करोड ५५ लाख १२ हजार ५८३ जना संक्रमण मुक्त भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE