सडक मै बसेर सहजै जनताको कुरा सुन्ने नेता

हरिकृष्ण ऐडि , मुगु ।
पुर्व शिक्षा राज्य मन्त्री, नेपाली काँग्रेस पार्टी मुगुका बरिस्‍ठ नेता तथा केन्द्रिय सदस्य हस्त बहादुर मल्लले मुगाली बासिन्दालाई शिक्षा क्षेत्रको पहुँचमा पुर्याउन र सहजै जन्तामुखि सेवा प्रर्वाहा गर्नमा उनको भुमिका ठुलो छ । उनले यो जिम्मेवारीसम्म आईपुग्न्न ठुलै संघर्ष गरेका छन् । उनको समाजसेवी यात्रा ८ वर्षको सानो उमेर देखि सुरु भएको हो ।

उनको जन्म मुगु जिल्ला छतेलवाडा को सामान्य घर परिवारमा २००७ मंसिर १५ मा भयको हो । पिता सर्पलाल मल्ल र माता मोती मल्लको चौंथो सन्तानका रुममा जन्मिएका हुन् ।
उनि सानै हुँदा नै उनका पिता गाविसको प्रधानपंन्च भएकाले  फुर्सदको समयमा पितासँग सामाजिक काममा र बैठक मा पनि जान्थे । सानैदेखि समाजसेवा गर्नमा बढि रुचि राख्थे भने आफना परिवार सँग खेतबारीमा गएर कृषक भई पसिना पनि बगाउँथे ।
बाल्यकालमा हस्त बहादुरलाई खान लाउनमा खासै समस्या थिएन दु:ख सु:ख गरी घरकै उब्जनिले खान पुग्थ्यो ।
उनी सानै देखि संर्घषसिल भएकाले पसिनाको सुखदुःख र मुल्य बुझेका उनले गाउँमा सामाजिक बिकुर्ति बिसंगति र बिभेदता गरिबी देख्दै आयका थिए उनको मनमा एक मात्र प्रश्न उठथ्यो समुदायलाई कसरी समूद्दि गर्न र गाउँ गाउँ मा किन बिकास हुदैन । कोहि धनि र कोही गरिब कसरि हुन्छन् ।
भन्ने विषयमा आफ्नो मन केलाउथे । उनी बिस्तारै बढदै गय र आफ्नो पढाइ लाई पनि निरन्तरता दिदै आफु राजनीतिक कार्यकर्ता मा अग्सर भए । र उनी कलिलै उमेर मा आफ्नै गाउको भारेकोट बिधालय मा नियूति भई २०२७ साल देखि २०३४ साल सम्म मास्टर जागिर खाई सेवा दिए ।
देशको शासन प्रशासन प्रणालिमा किन मुगु लाई सौतेनी व्याबहार गरेको हो । र मुगु जिल्ला नेपाल भित्र छ कि छनेै भनेर राज्य बाट किन वर्चस्व गरेकोे हो भनेर । हुदाखादाको मास्टर जागिर राजिनामा दिई उनी निरन्तर राजनीतिक गर्ने र जन्ताको समाजसेवा गर्ने भनि संकल्प लिए ।
राजनीतिक यात्रा र नेता नभई जन्ताको रक्षक हँ भन्ने भावना राख्ने ।
उनी २०३९ सालको स्थानीय चुनाबमा जिल्ला सभापतिमा लडेका थिए , तत्कालीन नेपाली काँग्रेस पार्टी बाट यि बाहेक मुगु जिल्लामा अरु अब्ल र सक्षम नेता नभएकाले उनी सभापति मा बिजय भय ।। यसले गर्दापनि उनी माथि समाजसेवा मा झन जिम्मेवार थपिएको थियो ।
उन्नले मुगालि बासिको घरदैलोमा जाँदा आफुलाई कैहिले पनि नेताहँ भन्ने अहंम भावना राखेन्न आफुलाई जन्ताको हकहित र गरिब ,उत्पिडन वर्गको लागि न्याय को रक्षक भनि सवैको घरआँगनमा चिनिन्थे ।
सबैको जनविश्वास मा बसेका हुनाले हस्त बहादुर आफनो सभापति कार्यकाल सम्माप्त भएपछि उनी २०४८ साल देखि २०५६ साल सम्म राष्ट्रिय प्रतिनिधि सभा को चुनाबमा मुगु जिल्ला बाट बिजय भए उनको जन्ता प्रतिको लगनशीलता र समाज मा उनले गरेको अतुलन्य योगदान , बिकास को मुल्यांकन गरि उनी मुगु जिल्ला को दूर्गम ठाउँ बाट उनले शिक्षा मन्त्रालयको राज्य मन्त्री को गरिमामय पद पाउन सफलता भए । उनी आफु राज्य मन्त्री भैरदा पनि जन्ता को घरदैलोमा जांदा साना लाई माया र ठुलोलाई सम्मान गर्दै आए ।
कुनै बेला मुगुमा स्कुल पढनको लागि ६ घण्टा टाढा को कस्ट गरि बिघार्थि पढ्न जाँन्थे हस्त बहादुर मल्ल ले शिक्षा क्षेत्रमा ल्याएको आमुल सुधार ।

मुगु जिल्लाका प्रतेक बस्तीमा उनले प्रथामिक बिधालय को स्थापना गरि शिक्षक को पनि दर्बन्धि राखि पठनपाठनमा पनि सुधार आयो । यस जिल्लामा चार वटा पालिका छन प्रतेक पालिकामा यसयलसि केन्द्र स्थापना गरि गरि बिधार्थि लाई सहजै परीक्षा दिन सक्ने ब्याबस्था गर्नु भयो । पचहत्तर जिल्लामा पहिलोपटक यश जिल्लामा बिधार्थि लाई दिवा खाजा र छात्रा छात्रि हरु लाई सौचालय को ब्याबस्थापन समबन्धि कार्यक्रम शिक्षा परियोजना मार्फत लागू गर्नु भयो ।। यस्तै शिक्षामा यस जिल्ला लाई धेरैगाडि बढाउनु भएको छ ।। उनी उमेरमा जे्स्ठ नागरिक भएकता पनि उनी मा जन्ताको काम गर्न पाउँदा आफुलाई तन्नेरी नै ठान्नु हुन्छ अझै पनि उनी जन्ताको हकहितको लागि र समस्या बुझन को लागि घरदैलोमा जानेगरेका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE