सफल भयो म्याराडोनाको मस्तिष्कको शल्यक्रिया…

अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको मंगलबार मस्तिष्कको सफल शल्यक्रिया गरिएको छ । मस्तिष्कमा जमेको रगत शल्यक्रियाको माध्यमबाट हटाइएको उनका चिकित्सकले बताएका छन् । पूर्व विश्वकप विजेता ६० वर्षीय म्याराडोनालाई अघिल्लो दिन अस्पताल भर्ना गरिएको थियो । टाउकोमा गम्भीर चोट लागेपछि त्यहाँ रगत जम्मा हुने गर्छ र यसले मस्तिष्कमा दबाब दिने गर्छ ।

म्याराडोनाका निजी चिकित्सक तथा न्युरो सर्जन लियोपोल्डो लुकले भनेका छन्, ‘मैले म्याराडोनाको सफल शल्यक्रिया गरेको छु र यो काम सफलतापूर्वक सम्पन्न भएको छ ।’ उनलाई भर्ना गरिएको अस्पतालबाहिर समर्थकको बाक्लो उपस्थिति थियो । चिकित्सकले थपेका छन्, ‘अहिले म्याराडोना कडा निगरानीमा छन्, तर सबै स्थिति नियन्त्रणमै छ । यो जटिल शल्यक्रिया होइन, तर यो ठूलै हुने गर्छ ।’

उनले शल्यक्रिया ९० मिनेट चलेको पनि बताए । म्याराडोनाको खराब स्वास्थ्य स्थितिका कारण यो शल्यक्रिया र उनले अवस्था गम्भीर मानिएको हो । म्याराडोनालाई ला प्लाटा अस्पतालमा सोमबार भर्ना गरिएको थियो । पछि शल्यक्रिया आवश्यक परेपछि उनलाई ब्युनर्स आयर्सको ओलिभोस क्लिनिक सारिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE