सर्जिनो डेस्ट बार्सिलोनामा अनुबन्धित…

बार्सिलोनाले डच क्लब आयाक्सका खेलाडी सर्जिनो डेस्टलाई भित्र्याएको छ। १९ वर्षे अमेरिकी राइट ब्याक टेस्टलाई बार्सिलोनाले करिब २ करोड १० लाख युरोमा किनेको हो। उनलाई जर्मन क्लब बायर्न म्युनिखले पनि किन्न खोजेको थियो।

डेस्टले बार्सिलोनासँग पाँच वर्षका लागि सम्झौता गरेका छन्। पछिल्लो समय बार्सिलोना खराब प्रदर्शन र व्यवस्थापकीय गञ्जागोलबाट गुज्रिरहेको छ। नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले प्रदर्शन सुधार्ने प्रयत्न गरिरहेका छन्।

बार्सिलोनाले हालै लुइस स्वारेज, इभान राकिटिच र नेल्सन सेमेडोलाई बेचेको छ। डेस्टले बार्सिलोनामा २ नम्बरको जर्सी लगाउनेछन्। एजेन्सी

WRITE COMMENTS FOR THIS ARTICLE