सर्जियो अग्युरोले म्यानचेस्टर सिटी छाड्ने पक्का

इङ्लिस क्लब म्यानचेस्टर सिटीका स्टार फुटबलर सर्जियो अग्युरोले सिजनको अन्त्यसँगै क्लब छाड्ने पक्का भएको छ । सन् २०११ मा स्पेनिस क्लब एथ्लेटिको मड्रिडबाट म्यानचेस्टर सिटी गएका अग्युरोले क्लबमा ३८४ खेलमा २५७ गोल गरेका छन्। यो सिजन चोटका कारण समस्यामा परिरहेका अग्युरोले खेलेका १४ खेलमा नौ खेल सुरुआती ११ मा रहेर खेलेका थिए। उनले यो सिजन तीन गोल मात्र गरेका छन्।

३२ वर्षिय अग्युरोको यही सिजन पछि सिटीसँगको सम्झौता सकिँदैछ र सम्झौता नवीकरण पनि भएको छैन। अग्युरोले सिटीका लागि ४ प्रिमियर लिग, १ एफए कप, २ कम्युनिटी सिल्ड र ५ लिग कपको उपाधि जितेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE