सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू, आज कुनको पालो?

लकडाउन हटाएसँगै दिनप्रतिदिन कोरोना संक्रमण दर बढेपछि नियन्त्रणका लागि भन्दै सरकारले आज (बिहीबार) देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा चल्ने सार्वजनिक तथा निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरेको छ।

सरकारको निर्णयअनुसार आजदेखि जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी मात्र चल्न दिने नियम लागू गरिएको हो। यसबमोजिम आज साउन २२ गते जोर नम्बरका गाडी मात्र चल्न दिइएको ट्राफिक प्रहरीले जनाएको छ।

सरकारले यो नियम २ सयभन्दा बढी संख्यामा कोरोना संक्रमित भएका काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा लागू गराएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE