सहकारीका कर्मचारीहरु निषेधाज्ञाका अवधिमा परिचयपत्र देखाएर कार्यालय जान नपाउने

कोरोनाको दोश्रो लहर बढेसँगै उपत्यकामा निषेधाज्ञा लगाउने भएको छ । निषेधाज्ञाका अवधि बैंकका कर्मचारीहरु परिचयपत्र देखाएर कार्यालय जान सक्ने भएपनि सहकारी क्षेत्रका कर्मचारीहर लागि त्यो व्यवस्था भएको छैन ।

जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको सूचनाको २ नम्बर बुँदामा सार्वजनिक एवं नीजि सवारी साधन सञ्चालन सम्बन्धी जानकारी राखिएको छ । त्यसमा बैंक तथा वित्तीय संस्थालाई सम्बोधन गरिएको तर सहकारीको विषयमा केहि उल्लेख छैन ।

मुलुकभर ३० हजारको हाराहारीमा सहकारी संस्था भएता पनि सहकारीको नियामक निकाय र अभियानले पहल गर्न नसक्दा संस्थाहरुले आफ्ना सदस्यलाई सेवा दिनबाट बञ्चित हुनपर्ने अवस्था सिर्जना भएको छ । कार्यालय आवतजावतका लागि सहज नभएपछि संघहरुले घरबाटै सेवा दिन अपील गरेका छन् ।

सहकारीको संख्या धेरै भएको र कार्यालय सञ्चालनका लागि अनुमति दिँदा संक्रमण बढ्न सक्ने भन्दै सीडिओ कार्यालयहरुले अनुमति नदिएको बुझिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE