साउथ स्टार विजयले नयाँ फिल्म थलपति ६५ का लागि लिए १०० करोड पारिश्रमिक…

साउथ स्टार थलपति विजयको फिल्म मास्टरले बक्स अफिसमा २०० करोड रुपैयाँ कलेक्शन गरेको छ । प्रर्दशनको पहिलो दिनमै बक्स अफिसमा आक्रमक व्यापार गरेको साउथ ‘मास्टर’ले प्रदर्शनको पहिलो हप्तामै १ सय ८८ करोड व्यापार गरेको थियो ।

पछिल्लो समय फिल्म संगै विजय थलपतिको चर्चा बढेको छ । चर्चाको विषय भने उनले मास्टर फिल्मबाट लिएको पारिश्रमिक । विजयले मास्टरका लागी १ सय १०  करोड भारतिय रुपैँया पारिश्रमिक लिएको खबर बाहिरिएको छ । योसँगै विजय साउथमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता बनेका छन् । यस्तै मास्टर अमेजन प्राइम भिडियोमा २९ जनवरीमा समेत रिलिज भएको छ । अमेजनमा भारतको अलवा २४० देशबाट प्राइम मार्फत फिल्म हेर्न सकिनेछ । उनले आफ्नो अर्को फिल्म थलापति ६५ का लागि १०० करोडको पारिश्रमिक लिएको खबर बाहिरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE