साग : भलिबलमा स्वर्ण जित्ने नेपालको लक्ष्य

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को औपचारिक उद्घाटनको चार दिन अगाडि नै भलिबल खेल शुरु हुने भएको छ । औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुनेछ तर महिला र पुरुष भलिबल खेल भने आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा हुन लागेको हो । नेपालको पुरुष र महिला भलिबल टोलीले आजै समूहचरणको पहिलो खेल खेल्दैछन् ।
सागमा स्वर्णपदक भित्र्याउने लक्ष्य लिएको महिला भलिबल टोलीले बङ्गलादेशसँग पहिलो खेल खेल्दैछन् । सागमा महिला भलिबको इतिहास खासै लामो छैन । तीन पटक सहभागिता जनाएको महिला भलिबल टोलीले रित्तो हात फर्कनु परेको छ्रैन ।

महिला भलिबल टोलीले सन् १९८७ मा औपचारिक रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न शुरु गरेको थियो । सन् १९९९ मा नेपालले घरेलु मैदानमा दोस्रो पटक आयोजना गरेको आठौँ सागदेखि महिला भलिबलले सहभागिता जनाउन थालेको हो । त्यतिबेला काठमाडौँमा भएको खेलमा नेपालले कास्य पदक हात पारेको थियो ।

सन् २००६ मा श्रीलङ्काको कोलम्बोमा भएको दशौँ सागमा महिला भलिबल टोलीले दोस्रो पटक सहभागिता जनायो । त्यतिबेला पनि नेपालले कास्यपदक नै पायो । त्यसपछि नेपालले सन् २०१४ मा भारतमा भएको १२आँै सागमा तेस्रो पटक सहभागिता जनायो । १२औँ सागमा नेपालले कास्य पदक नै प्राप्त गरेको थियो । तर गत कात्तिक महिनामा बङ्गलादेशमा भएको प्रथम एभिसी सेन्ट्रल जोनमा पहिलो पटक ऐतिहासिक सफलता हासिल हासिल ग¥यो ।

नेपाली महिला टोलीले ‘सेन्ट्रल जोन’मा माल्दिभ्सलाई ३–० को सोभो सेटमा पराजित गर्दै भलिबलको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्न सफल भयो । दक्षिण एशियामै सधैँ तेस्रो बन्ने महिला भलिबल टोलीलाई यसपटकको सागमा नयाँ इतिहास कायम गर्ने मौका छ । यसपटकको सागमा पहिलेको भन्दा राम्रो पदर्शन गर्ने धेरैले अपेक्षासमेत गरेका छन् ।
नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोनमा पाएको सफलताले पनि खेलाडीमा आत्मबल बढेको भन्दै प्रतियोगितामा उत्कृष्ट नजिता ल्याउने विश्वास व्यक्त गर्नुभयो । घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गर्ने हाम्रो योजना छ,’ प्रशिक्षक भट्टले रासससँग भन्नुभयो । नेपालको मुख्य चुनौती भनेको भारत र श्रीलङ्का हो ।

यता राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले आफ्नो टोलीको लक्ष्य स्वर्ण पदक जित्नु रहेको बताउनुभयो । सागमाा नेपाल समूह एमा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् । नेपालभन्दा बङ्गलादेश कमजोर मानिएको छ । सोही कमजोरीको फाइदा उठाउँदै नेपाली महिला टोलीले उद्घाटन खेलमा बङ्गलादेशलाई हराएर प्रतियोगितामा सुखद शुरुवात गर्ने अपेक्षा गरिएको छ । खेल दिउँसो ३ बजे हुनेछ ।
आजै माल्दिभ्स र पाकिस्तानबीच पनि अर्को खेल हुनेछ । नेपाली महिला भलिबल टोलीमा कप्तान अरुणा शाहीसहित जानकी भण्डारी, प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, सलिना श्रेष्ठ, निरुता ठगुन्ना, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन र पुनम चन्द रहेका छन् ।

त्यसैगरी आजै हुने पुरुष भलिबलतर्फको अर्को खेलमा पनि नेपालले बङ्गादेशसँगै खेल्नेछ । खेल साँझ ७ बजेपछि शुरु हुनेछ । पुरुष भलिबलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् । त्यस्तै समूह ‘बी’ मा पाकिस्तान, श्रीलङ्का र माल्दिभ्स रहेका छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE