सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलासुस्ती, कर्मचारीहरु आफ्नो समस्या देखाउँदै टार्दै

हरिकृष्ण ऐडि , मुगु । जिल्लामा संघियताको मर्म अनुसार तीन गाउँपालिका र एक नगरपालिका रहेका छन् । छायानाथ रारा नगरपालिका, खत्याड गाउँ पालिका, मुगम कार्मारोङ गाउँपालिका , सोरु गाउँपालिका रहेका छन्। उक्त पालिकमा सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्त्रगत जेष्ठ नागरिक , एकल महिला र बालबालिकाहरुले आव २०७७ सालको पहिलो चौमाषिक सामाजिक सुरक्षा भत्ताको रकम हिन्दुहरुको महान चाड दशै सँगसँगै तिहारमा पनि पाउने अवस्था देखिएको छैन् ।
मुगम कार्मारोङ गाउपालिकाले सामाजिक सुरक्षा भत्ता को कार्यविधि अनुसार आव ०७७ सालको पहिलो चौमाषिक सामाजिक सुरक्षा भत्ता समयमै लाभान्वित सेवाग्राहीहरु लाई बैंक खाताबाट भुक्तानि गरिएको बताएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय मुगु ले सामाजिक सुरक्षा भत्ता को कार्यविधि अनुसार सेवाग्राही हरुलाई आव ०७७ सालको पहिलो चौमाषिक सामाजिक सुरक्षा भत्ता को रकम बैंक खाता बाट भुत्तानि गर्नु भनि कोष कार्यलय ले मुगु जिल्ला का छायानाथ रारा नगरपालिका , खत्याड गाउँ पालिका र सोरु गाउँपालिका लाई कोष कार्यालय बाट आव ०७७ साल बैशाख महिनाको २६ गते चन २७२ को पत्र अनुसार सामाजिक सुरक्षा भत्ता कार्यक्रमको सेवाग्राही हरुलाई बैक खाता बाट भक्तानि गर्नु भनि पत्रचार गरिएको पाइन्छ । सबै पालिका हरु ले सामाजिक सुरक्षा भत्ता को लाभान्वित सेवाग्राही हरु को बैंक मा खाता सँन्चालन सम्बन्धि कोष तथा लेखानियन्त्रण कार्यलयमा पालिका हरुले जानकारी नपठाएको हुनाले पुन नियन्त्रण कार्यलय बाट छायानाथ रारा नगरपालिका , सोरु गाउँ पालिका र खत्याड गाउँ पालिका लाई ०७७ साल असोज २७ गते को चन ८२ को पत्र अनुसार सम्बन्धित पालिकाहरु लाई पत्रचार गरिएको थियो । यसरी सम्बन्धित निकायका प्रमुखहरुमा लगनशीलता नहुदा सामाजिक सुरक्षा भत्ता पाएका छैन ।
सोरु र खत्याड गाउँ पालिकाले सामाजिक सुरक्षा भत्ता कार्यक्रम मा लाभान्वित सेवाग्राही हरुको बैंक मा खाता संन्चालन गर्ने काम पूरा सम्पन्न भएको छ। बैंकले सेवाग्राही हरुको प्रमाणित गर्नमा समस्या भएकोले यहि कार्तिक मसान्तसम्म समाजिक सुरक्षा भत्ता सेवाग्राही हरुले पराप्त गर्नेछन् भनि त्याहाँका कार्यलय प्रमुख ले जानकारी दिएका छन ।
यता छायानाथ रारा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम हेर्ने कर्मचारी हरु कमि भएकाले सामाजिक सुरक्षा भत्ता बाट लाभान्वित सेवाग्राही हरु लाई आव ०७७ आउदो मंशिर मसान्तसम्म सामाजिक सुरक्षा भत्ता का सेवाग्राही हरु को बैंक खाता खोल्ने काम सम्पन्न भई लाभान्वित हरु को बैंक खाता बाट भुक्तानि हुनेछ भनि पंजिकरण शाखाका जिल्लासिङ सावतले जानकारी दिए ।।
मुगु जिल्ला का जेष्ठ नागरिक , एकलमहिला र बालबालिका हरुले सामाजिक सुरक्षा भत्ता कार्यक्रम को रकम नपाउदा हिन्दु हरुको ठुलो चाड दशै र तिहारमा रकम नपाउदा राम्रो कपडा र पोषिलो खानेकुरा खानपाएका छैनन् र सामाजिक भत्ता नपाउदा गतबर्षको जस्तो गरि बालबालिकालाई र चेलिवेटिहरुलाई राम्रोसँग दक्षिणा दिनपाएनौ यसपालिको दशै र तिहार रिणमा नै चल्ने भयो भनि जेष्ठ नागरिक भक्त बहादुर रावल ले बताए ।
रकम नहुदा । उनी हरु प्रतिक्षा मा छन हाम्रो नजिकैको सरकारले कहिले सम्म सामाजिक सुरक्षा को भत्ता वितरण गर्ने होला भनि पर्खि बसेकाछन ।।
मुगु जिल्ला का नागरिक समाजका संयोजक रुप बहादुर मल्लले बताए अनुसार कैयो हाम्रो जेष्ठ नागरिक र एकल महिला दिदीबहिनी हरुको घरमा सामाजिक सरक्षा भत्ता कै रकम बाट उनी हरु पालिदै आएकाछन सामाजिक सरक्षा भत्ताको कार्यविधि अनुसार जेष्ठ नागरिक एकल महिला र बालबालिका हरु लाई समयमै पोषण यूक्त खाने र लत्ताकपडा फेर्नको लागि प्रतेक महिना मा सेवाग्राही हरुले पाएको हुनुपर्ने नीति रहेको छ तर यहाँ विभिन्न समस्या देखाउदै समयमै पाएकाछैन सबै पालिकालाई अनुरोध गर्दै यथासक्दो छिटोछरितो हुने गरि सामाजिक सुरक्षा भत्ता को सम्पादन हुने गरि उनले आग्रह गर्नुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE