साम्बाको २ गोलमा एपिएफको पाँचौ जित…

राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले आफ्नो विजयी यात्रालाई पाँचौँ खेलसम्म पनि जारी राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा उसले वालिङ नगरपालिकालाई ३–० ले पराजित गरेको हो ।

एएिफको जितमा सावित्रा भण्डारीले २ र प्रीति राईले १ गोल गरे । खेलको १३औँ मिनेटमा गोल गर्दै सावित्राले एपिएफलाई अग्रता दिलाएकी थिइन् । ७१औँ मिनेटमा प्रीतिले एपिएफको अग्रता दोब्बर बनाइन् । ७५औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् ।  जितसँगै एपिएफ ५ खेलबाट १५ अंक जोड्दै लिगको शीर्ष स्थानमा कायम छ । पराजित वालिङले समान खेलबाट ५ अंक जोडेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE