साम्बालाई उत्कृष्ट फरवार्डको उपाधि…

राष्ट्रिय महिला लिगमा सावित्रा भण्डारी (साम्बा) ले उत्कृष्ट फरवार्डको उपाधि जितेकी छन्। सशस्त्र प्रहरीको विभागीय टिम एपीएफकी फरवार्ड सावित्रा भण्डारीले शुक्रबार भएको खेलमा उत्कृष्ट फरवार्डको उपाधि जितेकी हुन्। उनले जारी लिगमा ४३ गोल गरेकी छन्। ‘पहिले त गन्द्याङगुन्द्रुङमा पनि गोल गरिन्थ्यो अहिलेचाहिँ धेरै राम्रा गोल भएका छन्,’ अवार्ड जितेपछि उनले भनिन्, ‘अहिले खेलको स्तर वृद्धि भएको पाएकी छु। नयाँ खेलाडीले मोर्डन फुटबल खेलिरहेका छन्। मेरो टिमको सहयोगले गर्दा म बेस्ट भएँ।’

‘पहिले लिगमा २०–२२ गोल हुन्थ्यो। अहिले ७–८ गोलमा झरेको अब झन् प्रतिस्पर्धी बन्दै जाने आशा छ,’ उनले भनिन्।
१० औं चरणको खेलका क्रममा पुलिसविरुद्ध ६९ औं मिनेटमा घाइते भएपछि सावित्रा अहिले आराममा छिन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE