साम्बा १ वर्ष मैदानबाहिर…

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ  नेपाल पुलिस क्लबसँगको खेलमा घाइते भएकी सावित्रा भण्डारीको दायाँ घुँडामा चोट लागेको रिपोर्ट मंगलबार आएको छ । रिपोर्टको प्रारम्भिक अध्ययनले घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट च्यातिएको र अन्य चोट पनि देखिएको बिएण्डबि अस्पतालले जनाएको छ । पुलिसविरुद्ध खेलको ७९ औं मिनेटमा सम्बाले मैदान छाडेकी थिइन् । साम्बाले गोलको लागि प्रयास गर्दा चोट लागेको थियो ।

विपक्षी गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङका क्रममा उनको घुडाँमा चोट लागेको थियो । गम्भीर चोट लागेकी साम्बाको अब शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसबारे विस्तृत रिपोर्ट अध्ययनपछि एन्फाले निर्णय लिनेछ । अघिल्लो महिना पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी विमल घर्ती मगरको पनि यसै प्रकृतिको चोट लागेको थियो । उनी शल्यक्रियाका लागि कतार पुगिसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE