सार्वजनिक भयो ‘लप्पन छप्पन–२’ को नयाँ टिजर…

मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘लप्पन छप्पन–२’ को रिलिज डेट सहित नयाँ टिजर सार्वजनिक गरिएको छ । यो फिल्म  चैत २७ गतेदेखि प्रदर्शन हुनेछ । निर्माण टिमले अभिनेता सौगात मल्ललाई पहिलो पटक टिजर मार्फत सुपरस्टारको ट्याग दिएको छ ।

टिजरमा सौगात मल्ललाई मात्र स्थान दिइएको छ । एक्सन ड्रामा फिल्ममा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ । यो फिलमको निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE