सिजनको पहिलो खेलमै पिएसजी पराजित…

यसै सिजनमा बढुवा भएको टोली लेन्ससँग पराजित हुँदै साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानको सुरुवात गरेको छ। बिहिबार राति भएको खेलमा पीएसजी लेन्ससँग १–० ले स्तब्ध बनेको हो।

मुख्य खेलाडी बिनै मैदान उत्रिएको पीएसजीलाई हार चखाउन ५७औं मिनेटमा लेन्सका इग्नाटियस गनागोले निर्णायक गोल गरे। कोरोना महामारीका बीच पनि झण्डै ५ हजार दर्शकको उपस्थितीमा उक्त खेल आयोजना भएको थियो।

पीएसजीले पछिल्ला ८ सिजनमा ७ पटक लिग वानको उपाधि जितेको छ। गत सिजन कोरोना भाइरसका कारण सिजन रद्द भएपनि पीएसजीलाई लिग विजेता घोषित गरिएको थियो।

Everything about RC Lens vs Paris Saint-Germain! | Paris Saint-Germain

WRITE COMMENTS FOR THIS ARTICLE