सिन्धुपाल्चोक पहिरो अपडेट : यी हुन् घाइते र बेपत्ता हुनेहरु (नामसहित)

सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसीमा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ।

बाह्रबिसेमा पहिरोमा परेर डेढ वर्षीया छोरी निउना बस्नेत र उनका बुबा २० वर्षीय निकेश बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाह्रबिसेमा ४ र भोटेकोसीमा २ जना घाइते छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर छ। सिन्धुपाल्चोक माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ, मिङमा तामाङ घाइते छन्। भोटेकोसीमा फुर्वा तामाङ र उनकी १० दिनकी छोरी घाइते छन्।

भोटेकोसी ५ का दोर्जे तामाङ, लाक्पा तामाङ, मन्जु तामाङ, पासाङ नुर्वु तामाङ, चायल तामाङ बेपत्ता छन्। बाह्रबिसे ५ का १६ जना बेपत्ता छन्। प्रहरीका अनुसार बेपत्ता हुनेमा भीम बहादुर वाइवा, चिनमाया वाइवा, लिलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाला वाइबा र जनकबहादुर थिङ छन्।

यस्तै सबिना तामाङ, आकास तामाङ, हिमेश शर्मा, आकास केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुरेश तामाङ, सलिनि तामाङ बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE