सिरिए ए: सासुलोमाथि युभेन्टसको सहज जित, रोनाल्डोको अर्को कीर्तिमान…

इटालियन सिरिए ए  फुटबल अन्तर्गत  एरोन रामसे र क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयमा गोल गरेपछि युभेन्टसले १० खेलाडीमा सिमित सासुलोलाई हराउँदै  उपाधि होडमा आफूलाई कायम राखेको छ । वेल्सका मिडफिल्डर रामसेले ६ यार्ड टाढाबाट गोल गर्दै युभेलाई अग्रता दिलाए भने स्टपेज टाइममा गोल गर्दै रोनाल्डोले ३–१ का जीत सुनिश्चित गरे । पेड्रो ओबियाङले फेडेरिको किएसामाथि फल हानेपछि सासुलो दोस्रो हाफमा १० खेलाडीमा सिमित बनेको थियो ।

यसअघि डानिलोले युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, सासुलोका लागि ग्रेगरी ड्रेफेलले बराबरी गोल फर्काएका थिए । युभेको यो लगातार तेस्रो जीत थियो । जीतसँगै युभेन्टस लिगको चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा युभेन्टस सात अंकले पछि रहेको छ । तर, मिलानभन्दा युभेले एक खेल कम खेलेको छ ।

रोनाल्डोले खेलमा यो सिजन आफ्नो १५ औँ गोल गरे । यो गोल सँगै ३४ वर्षीय पोर्चुगिज खेलाडी पछिल्ला १५ सिजनमा युरोपको शीर्ष पाँच लिगमा लगातार १५ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २००६–०७ सिजन यता रोनाल्डोले हरेक सिजन कम्तिमा १५ गोल गर्दै आइरहेका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE