सिरि ए: जेनोआमाथि युभेन्ट्सको सहज जित,रोनाल्डोको दुई गोल…

क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले सहज जित हात पारेको छ । सविकको विजेता युभेन्ट्सले जेनोआमाथि जित निकाल्न सफल भएको हो । आइतबार राति युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन खेलको ५७ औं मिनेटमा पाउलो ड्याबालाले युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । ६१ औं मिनेटमा स्टेफानो स्टुराओले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । रोनाल्डोले ७८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टुरिन क्लबलाई २–१ ले अघि बढाए ।

रोनाल्डोले खेलको ८९ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै युभेन्ट्सलाई ३–१ को सहज जित दिलाए । जितसँगै युभेन्ट्स २३ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । जेनोआ ६ अंकसहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE