सिरी ए: आज तीन खेल हुदै…

इटालियन सिरी ए फुटबलमा आज (बुधबार) राति विभिन्‍न तीन खेल हुँदै छन् । आज हुने खेलमा इन्टर मिलानले बेनेभेन्टोसँग प्रतिस्पर्धा गर्नेछ । बेनेभेन्टोको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ९:४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछ । लिगको दोस्रो खेल खेल्न लागेको इन्टर लगातार दोस्रो जितको खोजीमा हुनेछ । इन्टरले पहिलो खेलमा फिरेन्टिनाविरुद्ध ४-३ गोलको जित निकालेका थियो ।

त्यसैले आजको खेलमा पनि इन्टर सहज जित निकाल्ने योजनामा हुनेछ । आजको खेलमा जित निकाल्ने लिगमा आफूलाई बलियो बनाउँदै जाने योजना इन्टरको छ । यता पहिलो खेलमा साम्पोर्डियाविरुद्ध सहज जित निकालेको बेनेभेन्टो आजको खेलमा पनि जित निकाल्ने योजनामा छ । आजै हुने अर्को खेलमा लाजियोले एटलान्टासँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार राति साढे १२ बजे सुरु हुनेछ । यता उडिनेसेले सेपेजियालाई आतिथ्यता प्रदान गर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE