सिरी ए: आज युभेन्टस र रोमा भिड्दै…

इटालियन सिरी ए मा आज राति युभेन्टस र रोमाबीच प्रतिस्पर्धा हुँदैछ । खेल युभेन्टसको मैदानमा नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ । घरेलु मैदान एलिएन्ज एरिना टुरिनमा हुने खेलमा युभेन्टस रोमालाई हराउदै तेस्रो स्थानमा उक्लने दाउमा हुनेछ । चौथो स्थानमा रहेको युभेन्टसको १९ खेलबाट ३९ अंक छ । एक खेल बढी खेलेको रोमाको ४० अंक छ ।

WRITE COMMENTS FOR THIS ARTICLE