सिरी ‘ए’: आज युभेन्टस र स्पेजिया भिड्दै…

सिरी ‘ए’ फुटबल अन्तर्गत आज राति  युभेन्टसले स्पेजियाको सामना गर्नेछ। पछिल्ला पाँच खेलमा तीनमा मात्रै जित निकाल्न सकेको युभेन्टस स्पेजियाविरुद्ध सहज जित निकाल्न चाहन्छ। २३ खेलमा ४६ अंक जोडेको ऊ आजको खेल जित्दै दोस्रो स्थानको एसी मिलानसँग अंक दूरी घटाउने योजनामा छ।

२४ खेल खेली सकेको एसी मिलानको ५२ अंक छ। युभेन्टसविरुद्ध मैदान उत्रन लागेको स्पेजिया २५ अंकसहित तालिकाको १५ औँ स्थानमा छ। खेल युभेन्टसको घरेलु मैदानमा राति साढे १ बजे सुरु हुनेछ।

 

WRITE COMMENTS FOR THIS ARTICLE