सिरी ए: आज साविक विजेता युभेन्ट्स र फ्लोरेन्टिना प्रतिस्पर्धा गर्दै…

सिरी ए फुटबलअन्तर्गत् मंगलबार साविक विजेता युभेन्ट्सले फिरेन्टिनोसँग प्रतिस्पर्धा गर्दैछ । लिगमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको युभेन्ट्सले फिरेन्टिनोसँग खेल्न लागेको हो । युभेन्ट्सको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राति १ः३० बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै युभेन्ट्स लिगको दोस्रो स्थानमा उक्लने योजनामा रहेको छ । लिगमा १३ खेल खेलेको युभेन्ट्स २७ अंकसहित तेस्रो स्थानमा छ । पछिल्लो पाँच खेलमा जित निकाल्न नसकेको फेरेन्टिनो पनि आजको खेलमा जित निकाल्ने दाउमा छ । १३ खेलबाट फेरेन्टिनो ११ अंकसहित १६औं स्थानमा छ । आजको खेल जिते फेरेन्टिनो एक स्थानमाथि उक्लनेछ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE