सिरी ए: इन्टर मिलान र आटलान्टाको सहज जित…

रोमेलु लुकाकूको २ गोलसँगै इटालियन सिरी–एमा इन्टर मिलानले बेनिभेन्तोविरुद्ध सानदार जित निकालेको छ। बेनिभेन्तोको म्युनिसिपल रंगशालामा सम्पन्न खेलमा पाहुना टिमले ५–२ गोलअन्तरको सानदार जित निकालेको हो। जितका लागि लुकाकूबाहेक रोबर्टो गाग्लिर्दिनी, आचरिफ हाकिमी र लाउतारो मार्टिनेजले समान १–१ गोल गरे। यता घरेलु टिमका लागि पनि गिअन्लुका काप्ररीले दुई गोल गरे।

खेलको २८ सेकेन्डमै हाकिमीले दिएको पासलाई लुकाकूले गोलमा परिणत गर्दै सुरुवाती अग्रता बनाए। आक्रामक सुरुवात गरेको इन्टरका लागि गाग्लिर्दिनीले खेलको २५ औं मिनेटमा गोल गरेर अग्रतालाई दोब्बर बनाए। त्यस्तै २८ औं मिनेटमा लुकाकूले अर्को गोल थपे। ३४ औं मिनेटमा बेनिभेन्तोका काप्ररीले गोल गर्दै खेलमा फर्कन चाहे पनि सकेनन।

बरु ४२ औं मिनेटमा हाकिमीले गोल गर्दै पाहुना टिमलाई ४–१ को अग्रतामा पुर्याए। ४–१ को गोलअन्तरसँगै सुरु भएको दोस्रो हाफमा दुवै टिमका खेलाडीले १–१ गोल थपे। काप्ररीले ७६ औं मिनेटमा गोल गरे भने इन्टरका मार्टिनेजले ७१ औं मिनेटमा गोल गर्दै जितलाई ५–२ गोलअन्तरमा लम्ब्याए। जितसँगै २ खेलबाट ६ अंक बनाएर इन्टरमिलान दोस्रो स्थानमा छ। पराजित बेनिभेन्तो भने ३ अंकका साथ १२ औं स्थानमा छ।

बुधबार राति नै सम्पन्न अर्को खेलमा एटलान्टाले लाजियोलाई ४–२ गोलअन्तरले हराएको छ। लाजियोको ओलम्पिकाओ रंगशालामा सम्पन्न खेलमा जितका लागि डारियाले गोमेजे २ गोल गरे भने हान्स हाटेबायर र रोबनि गोसेन्सले समान १–१ गोल गरे। जितसहित ६ अंक बनाएको एटलान्टा अंकतालिकाको दोस्रो स्थानमा छ। पराजित लाजियो ३ अंकका साथ १० औं स्थानमा छ।
नापोली पनि समान ६ अंक बनाएर गोलअन्तरका आधारमा शीर्षस्थानमा छ।

WRITE COMMENTS FOR THIS ARTICLE