सिरी ए: इन्टर मिलान र एट्लान्टा बराबरीमा रोकिए…

सिरी ए फुटबलमा इन्टर मिलान र एट्लान्टा बराबरीमा रोकिएका छन् । एट्लान्टाको घरेलु मैदानमा भएको खेलमा दुवै टोली १-१ को बराबरीमा रोकिएका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले एक-एक गोल गरेका थिए । खेलका अग्रता भने मिलानले लिएको थियो ।

खेलको ५८औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । उनले योङको पासमा गोल गर्दै मिलानलाई १-० को अग्रता दिलाएका थिए । तर, मिलानले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा एट्लेटिकोले बराबरी गोल फर्कायो । घरेलु टोलीका लागि एलेक्से मिरान्चुकले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका हुन् । उनले मुरिएलको पासमा गोल गरेका थिए ।

यो बराबरीसँगै मिलानले सात खेलबाट १२ अंक जोडेको छ । सात खेल खेलेको मिलानले तीन खेलमा जित, तीन बराबरी र एक खेलमा हारसहित १२ अंक जोडेको हो । यता समान खेल खेलेको एट्लान्टाले भने चार खेलका जित, एक बराबरी र दुई खेलमा हारसहित १३ अंक जोडेको छ । त्यस्तै आइतबार राति नै भएको अर्को खेलमा नेपोलीले बोलोग्नामाथि १–० को साँघुरो जित निकालेको छ । नेपोलीको जितका लागि भिक्टर ओसिम्हेनले निर्णायक गोल गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE