सिरी ए : एसी मिलानको पहिलो हार, युभेन्ट्ससँग ३-१ ले पराजित…

सिरी ए फुटबल अन्तर्गत शीर्ष स्थानमा रहेको एसी मिलानले सिजनको पहिलो हार व्यहोरेको छ । गएराति भएको खेलमा मिलान घरेलु मैदानमै साविक विजेता युभेन्ट्ससँग ३-१ ले पराजित भएको हो । एसी मिलानलाई उसैको मैदानमा पराजित गर्न युभेन्ट्सका लागि फेडेरिको चिएसाले दुई गोल गरे । उनले १८औं र ६२औं मिनेटमा गोल गरे ।
यस्तै म्याकेन्नीले ७६औं मिनेटमा गोल गरे । एसी मिलानका लागि ढेभिड कालाब्रिएले ४१औं मिनेटमा एक गोल गरे । हारपछि पनि मिलान १६ खेलबाट ३७ अंकसहित शीर्ष स्थानमा छ । यस सिजन आठौं जित हात पारेको युभेन्ट्स १५ खेलबाट ३० अंक जोड्दै चौथो स्थानमा उक्लेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE