सिरी ए: एसी मिलानमाथि इन्टर मिलानको ३–० गोलको सहज जित…

सिरी ए अन्तगर्त गए राति मार्टिनेजको दुई गोलको मद्दतमा एसी मिलानमाथि इन्टर मिलानले ३–० को जित हात पारेको छ । जितसँगै इन्टर मिलानले दोस्रो स्थानको एसी मिलानमाथि चार अङ्कको अग्रता लिएको छ ।

अबेर सम्पन्न खेलमा लौटेरो मार्टिनेजले खेल सुरु भएको पाँचौं मिनेटमै हेडरमार्फत् गोल गर्दै १–० को अग्रता दिलाए । ५७ औं मिनेटमा मार्टिनेजले थप गोल गर्दै अग्रतालाई दोब्बर पारे । रोमेरो लुकाकुले दश मिनेटपछि गरेको गोल इन्टर मिलानलाई एसी मिलानमाथि ३–० को जित दिलाउन पर्याप्त भयो । जितसँगै इन्टर मिलानले २३ खेलबाट ५३ अङ्क पुर्याएको छ । एसी मिलानले सामान खेलबाट ४९ अङ्क जोडेको छ । तेस्रो स्थानको रोमाको ४४ अङ्क छ ।

WRITE COMMENTS FOR THIS ARTICLE