सिरी ए: क्याग्लिअरीमाथि एसी मिलानको २–० गोलको सहज जित…

सिरी ए फुटबल अन्तर्गत  शीर्ष स्थानमा रहेको एसी मिलानसँग क्याग्लिअरी २–० गोल अन्तरले पराजित भएकाे छ । जितसँगै एसी मिलानले इन्टर मिलानभन्दा तीन अंकको अग्रता बनाएको छ । समान १८ खेल खेलेका एसी मिलानको ४३ अंक छ भने इन्टर मिलानको ४० अंक रहेको छ । मिलानको जितमा दुवै गोल जाल्टन इब्राहिमोभिकले गरेका हुन् ।

इन्टर मिलानले आइतबार युभेन्टसमाथि जित निकाल्दै एसी मिलानसँग अङ्क बराबरी गरेको थियो । एसी मिलानका इब्राहिमोभिकले १३ लिग खेलमा १२ गोल गरेका छन् । उनले खेलको सातौं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।

उनले ५२ औं मिनेटमा दाेस्राे गरेका थिए । दोस्रो गोल गरेपछि एसी मिलानलाई खेल सहज बन्यो तर ७४ औं मिनेटमा एलेक्सिस सेलमेकर्स दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि टोली अन्तिम १६ मिनेट १० खेलाडीमा समेटिएको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE