सिरी ए: क्रोटोनमाथि युभेन्टसको सहज जित,रोनाल्डोको २ गोल…

सिरी ‘ए’ फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टसले क्रोटोनमाथि सहज जित निकालेको छ। युभेन्टसको घरेलु मैदानमा सम्पन्न खेलमा  क्रोटोनलाई ३–० गोलको अन्तरले हराएको हो।

युभेन्टसको जितका लागि स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गरे भने वेस्टोन म्याक केनिनले एक गोल गरे। एलेक्स सेन्ड्रेले दिएको पासलाई सदुपयोग गर्दै रोनाल्डोले खेलको ३८ औं मिनेटमा पहिलो गोल गरे।

रानाल्डोले नै आरोन रामसीले प्रहार गरेको बललाई हेडमार्फत् क्रोटोनको पोस्टमा छिराएपछि पहिलो हाफमै युभेन्टसले दोहोरो अग्रता बनाएको थियो। खेलको ६६ औं मिनेटमा युभेन्टसका म्यान केनिनले गोल गरेपछि युभेन्टसले स्पष्ट तीन गोलको अग्रता बनायो।

यता ७५ औं मिनेटमा रोनाल्डो र रामसीको सहभागिता रहेको बलले क्रोटोनको पोस्ट चुमे पनि गोलले मान्यता नपाउँदा युभेन्टस ४–० बनाउनबाट चुकेको थियो। त्यसैले तीन गोलको अग्रताका साथ उसले गएरातिको खेल जित्यो।

WRITE COMMENTS FOR THIS ARTICLE