सिरी ‘ए’: टोरिनोसँग २-२ गोलको बराबरीमा रोकियो युभेन्टस

सिरी ए फुटबल अन्तर्गत युभेन्टस टोरिनोसँग बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा युभेन्टस टोरिनोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा टोरिनोका लागि एन्टोनियो सनाबारियाले खेलको २७औ र ४६औ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै युभेन्टसका लागि खेलको १३औ मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै अग्रता लिएपनि २-१ ले पछि परेको युभेन्टसलाई क्रिस्टियानो रोनाल्डोले खेलको ७९औ मिनेटमा गोल गर्दै हारबाट बचाएका थिए । यो खेलसँगै युभेन्टस सिरी ए मा चौथो स्थानमा झरेको छ । युभेन्टसको २८ खेलमा ५६ अंक भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE