सिरी ए: नापोलीको सहज जित…

इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जित निकालेको छ । आइतबार साँझ भएको खेलमा नापोलीले पर्माविरुद्ध २–० गोलको सहज जित निकालेको हो । पर्माको घरेलु मैदानमा भएको खेलमा नापोलीलाई जित दिलाउन ड्रिएर्स मेर्टेन्स र लोरेन्जो इनसिग्नेले एक एक गोल गरे । दुबै गोल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सम्भव भएका थिए ।

खेलको ६३ औं मिनेटमा मार्टेन्सले गोल गर्दै घरेलु टोलिविरुद्ध अग्रता दिलाएका थिए । त्यस्तै ७७ औं मिनेटमा इनसिग्नेले गोल गर्दै नापोलीको अग्रता दोब्बर पारे । त्यसपछि दुबै टोली थप गोल हुन नसक्दा नापोलीले खेल २–० ले जितेको हो । यससँगै नापोलीले नयाँ सिजनको पहिलो खेलमा तीन अंक जोड्दै सुखद सुरुवात गरेको छ । यता पराजित पर्माले भने खराव सुरुवात गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE