सिरी ‘ए’: नापोलीमाथि युभेन्टसको २–१ गोलको जित

सिरी ‘ए’ फुटबल अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले नापोलीलाइ पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले नापोलीलाई २–१ ले पराजित गरेको हो ।

युभेन्टसका लागि स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले ११ गोल गरे । त्यस्तै नापोलीका लागि लोरेन्जो इनसिग्नीले १ गोल फर्काएका हुन् । खेलको १३ औँ मिनेटमा रोनाल्डोले गोल गरेर युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । ७३ औँ मिनेटमा डिबालाले अग्रता दोब्बर पारे । ९० औँ मिनेटमा पाएको पेनाल्टीमा नापोलीका लागि लोरेन्जोले एक गोल फर्काए । जितसँगै युभेन्टसले २९ खेलबाट ५९ अंक जोडेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE