सिरी ‘ए’: नापोलीसँग युभेन्ट्स स्तब्ध…

सिरी ‘ए’ फुटबलमा युभेन्ट्स नापोलीसँग स्तब्ध भएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सलाई नापोलीले १-० ले पराजित गरेको हो । घरेलु मैदानमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरे । खेलको ३१औँ मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गरेका थिए ।

जितसँगै नापोली लिगको चौथो स्थानमा उक्लिएको छ । नापोलीले २१ खेलमा ४० अंक जोडेको छ । हारसँगै शीर्षस्थानको एसी मिलानसँग अंक दूरी घटाउने युभेन्ट्सको चाहानामा धक्का लागेको छ । तेस्रो स्थानमा रहेको युभेन्ट्सको ४२ अंक छ । शीर्ष स्थानको मिलानको ४९ अंक छ ।

WRITE COMMENTS FOR THIS ARTICLE