सिरी ए: बराबरीमा रोकियो युभेन्टस,रोनाल्डोको २ गोल…

इटालियन सिरी ए मा युभेन्टस बराबरीमा रोकिएको छ । गएराती सम्पन खेलमा युभेन्टस रोमासँग २-२ गोलको बराबरीमा रोकिएको हो । युभेन्टसलाई क्रिस्टियानो रोनाल्डोले २ गोल गर्दै हारबाट बचाएका छन् । रोनाल्डोले खेलको ४४ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए भने ६९औ मिनेटमा बराबरी गोल गरेका थिए ।

यस अघि रोमाका लागि जोर्डन भेरेटोउटले रोमाका लागि दुवै गोल गरेका थिए । युभेन्टसका एड्रीयन रोबिओटले खेलको ६२औ मिनेटमा रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो ।

नयाँ सिजनमा पहिलो खेल जितेको युभेन्टस दोस्रो खेलमा भने बराबारीमा रोकिएको छ । त्यस्तै रोमाले भने पहिलो खेलमा हार बेहोरेको थियो । अब युभेन्टसले अर्को खेल नापोलीविरुद्ध खेल्ने छ भने रोमाले उडीनेसविरुद्ध खेल्ने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE