सिरी ए: बोलोग्नामाथि युभेन्टसको २-० गोलको सहज जित

सिरी ए  फुटबल अन्तर्गत युभेन्टसले बोलोग्नालाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा युभेन्टसले बोलोग्नामाथि २-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा अर्थर मेलो र वेस्टन म्याककेनले एक एक गोल गरेका थिए ।

यो जितपछि युभेन्टस सिरी ए मा चौथो स्थानमा उक्लिएको छ । युभेन्टसको १८ खेलमा ३६ अंक भएको छ । युभेन्टस शिर्ष स्थानमा रहेको एसी मिलानभन्दा ७ अंकले पछाडी रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE