सिरी ‘ए’: भेरोनासँग १–१ को बराबरीमा रोकियो युभेन्टस…

सिरी ‘ए’ फुटबल अन्तर्गत साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा युभेन्टस घरेलु टोली हेलास भेरोनासँग १–१ को बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

खेलको ४९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको सुरुवातमा युभेन्टसले अग्रता बनाएपनि विपक्षी टोलीका एन्टोनिन बराकले ७७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। बराबरीसँगै युभेन्टस २३ खेलबाट ४६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा यथावत छ। हेलास भेरोना ३५ अंक जोडेर नवौं स्थानमा रहेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE