सिरी ए: रोनाल्डोको गोलमा युभेन्टसको जित…

क्रिस्टियानो रोनाल्डोले जारी सिजनमा २३औं गोल गरेको दिन युभेन्टसले एएस रोमालाई २-० ले पराजित गरेको छ। जितसँगै युभेन्टस इटालियन सिरी ए को तेस्रो स्थानमा उक्लिएको छ। अल्भारो मोराटाको पासमा रोनाल्डोले १३औं मिनेटमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो। रोनाल्डोले यसअघि तीन खेलमा गोल गर्न असफल भएका थिए। जारी सिजन रोनाल्डोको यो २३औं गोल हो।

WRITE COMMENTS FOR THIS ARTICLE