सिरी ए: रोमाले बेनेभेन्टोसँग प्रतिस्पर्धा गर्दै…

इटालियन सिरी ए फुटबलअन्तर्गत आज  विभिन्‍न पाँच खेल हुँदै छन् । आज हुने खेलमा एएस रोमाले बेनेभेन्टोसँग प्रतिस्पर्धा गर्नेछ । रोमाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १२:३० मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै रोमा लिगमा आफूलाई बलियो बनाउने योजनामा छ ।

लिगमा तीन खेल खेलेको रोमाले ४ अंक जोडेको छ । रोमाले हालसम्म लिगमा तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ । आजको खेलमा जित निकाल्न सके रोमालाई केही सहज हुनेछ । यता बेनेभेन्टो पनि आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष तीनमा उक्नले योजनामा छ । लिगमा ३ खेल खेलेको बेनेभेन्टोले ६ अंक जोड्न सफल भएको छ ।

आजै हुने पहिलो खेलमा बोलोगानले ससासुलोसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै सेपेजियाले फेरिन्टिनोलाई आथित्यता प्रदान गर्दा टोरिनोले काल्गिरीसँग खेल्नेछ । त्यस्तै उडिनेसाले पार्मासँग प्रतिस्पर्धा गर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE