सिरी ए: रोमासँग प्रतिस्पर्धा गर्दै युभेन्ट्स..

इटालियन सिरी ए फुटबलअन्तर्गत आज (आइतबार) राति साबिक विजेता युभेन्ट्सले रोमासँग प्रतिस्पर्धा गर्दै छ । रोमाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल राति साढे १२ बजे सुरु हुँदै छ । सिजनको पहिलो खेलमा साम्पोर्डियासँग सहज जित निकालेको युभेन्ट्स दोस्रो खेलमा पनि सहज जित निकाल्ने योजनामा छ । आजको खेलमा पनि जित निकाल्दै युभेन्ट्स प्रतियोगिताको यो सिजन पनि बलियो हुने योजनामा छ ।

यता पहिलो खेलमा भेरोनासँग पराजित भएको रोमा दोस्रो खेलमा पनि जित निकाल्ने योजनामा रहेको छ । रोमा आज घरेलु मैदानमा युभेन्ट्सलाई हराँउदै प्रतियोगितामा बलियो बन्ने योजनामा छ ।

आइतबारै हुने अर्को खेलमा नापोलीले जेनोनसँग प्रतिस्पर्धा गर्दै छ । नापोलीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बाट सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नापोली प्रतियोगितामा बलियो बन्ने योजनामा छ । यसै समयमा हुने अर्को खेलमा एसी मिलानले कार्टोनेसँग प्रतिस्पर्धा गर्दै छ । आजै हुने अर्को खेलमा सेपेजियाले सोसासुलोसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै भेरोनाले उडिनेसासँग प्रतिस्पर्धा गर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE