सिरी ए: लाजियोसँग बराबरीमा रोकियो युभेन्टस…

इटालियन सिरी ए अन्तर्गत युभेन्टसलाई लाजियोले बराबरीमा रोकेको छ । आइतबार भएको खेलमा युभेन्टस लाजियोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका हुन् । रोनाल्डोले खेलको १५औ मिनेटमा गोल गरेका हुन् । रोनाल्डो यस खेलमा ७६औ मिनेटमा मैदान छोडेका थिए । उनलाई डिबालाले रिप्लेस गरेका थिए । रोनाल्डोको खुट्टामा सामान्य चोट लागेपछि प्रशिक्षक आन्द्रे पिरलोले रोनाल्डोलाई रिप्लेस गरेका थिए ।

त्यस्तै लाजियोका लागि भने खेलको ९४औ मिनेटमा फेलिप काइसेडोले गोल गर्दै युभेन्टसको जितलाई रोकेका थिए । यो बराबरीपछि युभेन्टसको ७ खेलमा १३ अंक भएको छ भने लिगको तेस्रो स्थानमा रहेको छ । त्यस्तै लाजियोको भने ७ खेलमा ११ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE