सिरी ए: लिजयोलाई ३-१ ले पराजित गर्द इन्टर मिलान शीर्ष स्थानमा…

इटालियन सिरी ए मा रोमेलु लुकाकुको दुई गोल मद्दतमा लिजयोलाई ३-१ ले पराजित गर्द इन्टर मिलान शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदानमा भएको खेलमा लाउटारो मार्टिनेजले एक गोल थपे । एसी मिलान स्पेजिअसँग पराजित भएको फाइदा उठाउँदै इन्टर शीर्ष स्थानमा पुगेको हो । इन्टरले एसी मिलानमाथि १ अंकको अग्रता बनाएको छ ।

खेलको २२औं मिनेटममा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । ६१औं मिनेटमा लाजियोका सर्जेइ मिलिनकोभिक साभिकले गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर ६४औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको जित पक्का गरे ।

२२ खेलबाट ५० अंक जोड्दै इन्टर शीर्ष स्थानमा उक्लेको हो । समान खेलबा६ ४९ अंक रहेको एसी मिलान दोस्रो स्थानमा झरेको छ । यस्तै उडिनेसीलाई ३(० ले पराजित गर्दै रोमा तेस्रो स्थानमा उक्लेको छ । रोमाको २२ खेलबाट ४३ अंक छ । रोमाको लागि जोर्डन भेरेटाउटले दुई तथा पेड्रो रोड्रिगेजले एक गोल गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE