सिरी ‘ए’: स्पेजियामाथि एटलान्टाको ३-१ गोलको सहज जित

सिरी ‘ए’ फुटबल अन्तर्गत एटलान्टाले स्पेजियामाथि ३-१ गोलको सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा एटलान्टाले स्पेजियालाई ३-१ गोलले हरायो ।

एटलान्टाको जितमा मारियो पासालिसले दुई गोल गरे । यस्तै लुइस मुरिएलको नाममा एक गोल रह्यो । स्पेजियाका रोबर्टा पिकोलीले एक गोल फर्काए । जितसँगै एटलान्टा २७ खेलबाट ५२ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ ।स्पेजिया २६ अंकसहित १६औँ स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE